टरीगाउ एयरपोर्ट संचालनका लागी दवाब अभियान
तुलसीपुर ९ जेठ ।
नेपाल पत्रकार महाँसघ दाङले जिल्लामा रहेको एक मात्र
टरिगाउ बिमान स्थललाई सुचारु गर्नका लागी दवाव दिने
भएको छ ।
महाँसघ दाङको आज टरिगाउ बिमान स्थलमा सम्पन्न
भएको पहिलो घुम्ति वैठकले
जिल्लाको बिकासको कडिको रुपमा रहेको एकमात्र बिमान
स्थलको कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको हुदाँ अव बिमान
अवतरणका लागि दवाव दिने निर्णय गरेको हो ।
बिमान अवतरणका लागि दवाव दिनका लागि गरिएको बैठकले
बिमान स्थलको स्तर बृद्धि गर्दै मध्यम खालका बिमान समेत
अवतरण गर्नका लागि थप चौडा गर्न तथा ईन्धन
डिपो स्थापनाका लागि समेत दवाव दिने निर्णय गरेको हो ।
त्यसैगरि बैठकले पश्चिम
दाङको बिकासका लागि सरोकारवालाहरु संग समन्वय गर्दै
अगाडि बढने समेत निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप
गौतमको अध्यक्षतामा वसेको बैठकमा तुलसीपुर उद्योग
बाणिज्य सघका उपाध्यक्ष बिरु रावत , महासचिव बिमल
रिजाल , सचिव ललित जंग शाह लगाएतले बिमान स्थल
कालो पत्रेका लागि ठुलो पहल गरेको भन्दै अव बिमान अवतरण
र ईन्धन डिपो स्थापनाका लागि पनी पहल गर्ने बताउनु भयो ।
साथै उहाँहरुले
जिल्लावासिको चासोको रुपमा रहेको एअरपोर्टमा बिमान
अवतरणका लागी दवाव दिन महासघले सम्वन्धीत ठाउमै वैठक
वसेर दवाव श्रृजना गरेको प्रति धन्यबाद दिनु भएको थियो ।
त्यस्तै वैठकमा नेपाल वायु सेवा निगमका प्रतिनिधि तेजेन्द्र
वलिले वायु सेवा निगमले चाईना बाट थप ५ वटा बिमान ल्याउन
लागेको हुदा ति विमान आए तत्काल उडान सुचारु हुने बताउनु
भयो । वलिले त्यसका लागी ईन्धन डिपो भए डाईरेक्ट उडान हुने
अन्यथा ट्रान्जिट गर्नु पर्ने बताउनु भयो ।
पत्रकार महासंघका सदस्य बिमल गौतम , बैठकमा रिपोर्टर्स
क्लबका अध्यक्ष शरद रेग्मी , प्रेस चौतारि दाङका सचिव संगित
वस्याल , रासस राप्ति अंचल प्रमुख नारायणि रजौरे , पत्रकार
खेमराज रिजाल , निमार्ण ब्यवसायि द्रोण देवकोटा ,नागरिक
उड्यन प्राधिकरणका प्रतिनिधि केदार चौधरि लगाएतले बोल्नु
भएको थियो ।
वैठकको सहजिकरण सचिव गजेन्द्र बोहराले गर्नु
भएको थियो भने उपाध्यक्ष लक्ष्मी आचार्यले धन्यबाद
मन्तब्य ब्यक्त गर्नुृ भएको थियो ।
Saturday, May 24, 2014
Tarigaun Airport Dang
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment