दाइजो नल्याएको र
छोरा नजन्माएको भन्दै
श्रीमतीको हत्या
अनिल श्रेष्ठ
विराटनगर, जेठ १० – मोरङको हरैचा–३ की विवाहित युवतिलाई
आफ्नै श्रीमानले चरम यातना र
कुटपिटपछि हत्या गरेको माईतीपक्षले आरोप लगाएका छन् ।
मोरङको इटहरा ५ बाट २०६६ सालमा हरैचा ३ का केवल भनेर
चिनिने पूर्णबहादुर श्रेष्ठसँग विवाह गरेकी २५ वर्षीय
रीता श्रेष्ठको ३ जेठमा मृत्यु भएको थियो ।
माइती पक्षले कुनै रोग र विराम
नभएकी रीताको एक्कासी गएको शनिबार बिहान मृत्यु
भएपछि ज्वाईंविरुद्ध जाहेरीसमेत दर्ता गरेका छन् ।
मृतककी आमा रत्नमायाँको अनुसार छोरीको विवाह भएको तीन
वर्ष यतादेखि दाईजो नल्याएको भन्दै ज्वाई पूर्णबहादुरले कुटपिट
गर्दै आएको बताइन् ।
विवाह गरेको दुई वर्षपछि पहिलो र अर्को वर्ष
दोश्रो छोरी जन्माएको भन्दै ज्वाईं पूर्णबहादुरले रीतालाई
बारम्बार मानसिक यताना दिने गरको माइती पक्षको भनाई छ ।
छोरा जन्माउन नसकेको भन्दै छोरीलाई कुटपिट गरिरहने भएकोले
उनले नै रीताको हत्या गरेको उनीहरु बताउँछन् ।
छोरी विरामी भएको भनिएपनि मृत्यु भएपछि मात्र आपूmहरुलाई
ज्वाईं पूर्णबहादुरले खबर गर्नुपर्ने घटना शंकास्पद
रहेको उनीहरुको भनाई छ । छोरीको मृत्यु भएको खबर ज्वाईंले
नसुनाएर छिमेकीहरुले सुनाएको आमा रत्नमायाँले बताइन् ।
‘छोरी मरेको खबरसमेत नसुनाउने ज्वार्इंले नै कुटपिट गरेरै
रीमाको हत्या गरेका हुन् । उनलाई कारवाही गर्नुपर्छ’ रुँदै
रत्नमायाँले जानकार दिइन् ।
मृतक रीताको शरीरको विभिन्न भाग र हत्केलामा निलडाम
रहेकोले उनको हत्या भएको माईती पक्षको दाबी छ । तीन
वर्षीया १४ महिनाका दुई छोरी रहेकोमा रीताको पुनः गर्भ
रहेपछि पूर्णबहादुरले दबाब दिएर बैशाख ११ मा उनीहरुले
इटहरीस्थित मेरी स्टोभ क्लिनिकमा गर्भपतन गराएको खुलेको छ
। पूर्णबहादुर अर्कै
केटीको मायाजालामा परेपछि रीतामाथि बारम्बार यातना दिँदै
हत्या गरेको आरोप छ ।
घरमा सामान्य झैझगडा हुने गरेपनि आपूmले
श्रीमतीको हत्या नगरेको आरोपित पूर्णबहादुरको भनाई छ ।
रिताको बेलाबेलामा पेट दुख्ने गरेकोले
उनी बिरामी हुँदा ससुरालीमा खबर नगरेको बताउँदै उनले
उपचारको क्रममै मृत्यु भएको बताए । मृतक रीमाको पोष्टमार्टम
रिपोर्ट भने आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एपी विश्वराज पोखरेले
पोष्माटर्मको रिपोट आएपछि आरोपित पूर्णबहादुरलाई
नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने बताए । अहिले
श्रीमतीको काजक्रियामा बसेको हुनाले १३ दिन पुगेपछि उनलाई
नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।
रिताका पति पुर्णबहादुरले पत्नीसँग समान्य घरझगडा हुनेगरेको तर,
कुटपिट गरेर हत्या नगरेको बताउँछन् । हामीले दुई पटक गर्भपतन
गराएको हो’ पति पूर्णबहादुरले भने । तर
रिताको स्वास्थ्यमा असर गर्नेभएकोले दुबै
जनाको सहमतिमा गर्भपतन गराएको पूर्णबहादुरको भनाई छ ।
घटनाबारे जानकारी नआएकोले वास्तविकता पत्ता नलागेको तर
अब जानकारी आइसकेकोले अनुसन्धान गर्न ईप्रका बेलबारीलाई
अह्राएको मोरङका एसपी विश्बराज पोखरेलले बताए ।
No comments:
Post a Comment