८ हजार महिलाले
आफ्नो नाममा घरजग्गा वनाए
निमुसंगम घर्ती
१० जेठ, दाङ । दाङमा वितेको १०
महिनाको अवधिमा झण्डै ८ हजार महिलाले
घरजग्गा आफ्नो नाममा गराएका छन् । सरकारले
महिलाको नाममा घरजग्गा पास गराउन पाउने अधिकार र
क्षेत्रगतरुपमा छुट
गरेपछि बर्षेनी आफ्नो नाममा सम्पत्ति गराउने
महिलाहरुको संख्यामा बृद्धि भएको हो ।
चालु आर्थिक बर्षको बैशाखसम्म ७ हजार ९ सय १३
जना महिलाले आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
सरकारले महिलाको नाममा भएको सम्पत्तिको कर
बुझाउँदा शहरी क्षेत्रमा २५ र ग्रामिण क्षेत्रमा ३०
प्रतिशत कर छुट दिने प्राबधान बनाएपछि पनि उनिहरु
त्यसतर्फ आकर्षित भएको मालपोत कार्यालय
दाङका प्रमुख टिकाराम घिमिरेले बताए । जस अन्तरगत
ग्रामिण क्षेत्रका ४ हजार ४ सय ४२ र सहरी क्षेत्रका ३
हजार ४ सय ७१ जना महिलाले
आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
चालु आर्थिक बर्षमा महिला भएकै कारण करमा १ करोड
८८ लाख ७० हजार २७ रुपैयाँ राजस्व छुट पाएका छन् । जस
मध्य ग्रामिण क्षेत्रबाट ५७ लाख ९३ हजार ७ सय २२
रुपैयाँ महिलाहरुले छुट पाए भने शहरी क्षेत्रमा एक करोड ३०
लाख ७६ हजार तीन सय ५ रुपैयाँ छुट पाएका घिमिरेले
बताए । गत बर्ष ९ हजार ३९
जना महिलाको आफ्नो नाममा घरजग्गा पास गरेका थिए
। जस्मा महिलाहरुले घरजग्गा करमा एक करोड ७८ लाख ५०
हजार ५५ रुपैयाँ राजस्व छुट पाएका थिए ।
No comments:
Post a Comment