Saturday, May 24, 2014

Rajesh Hamal's wedding ceremony

आज राजेश हमालको बिहे भएको छ

काठमाडौ, जेष्ठ १० - अन्तत राजेश हमालले विहे
गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान
सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल
अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर
उनीहरुको विवाह भएको हो ।
भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट
औपचारिक सम्बन्धमा परिणत भएको हो ।
बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल
शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक
गरेका थिए । हमालको विवाह
स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् ।
सीमित
आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह
नगर्दा केही फरक
नपर्ने बताउने महानायक हमाल
विवाहका बारेमा आममानिसभन्दा विपरीत
धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय
गर्न
नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत
गर्थे ।
यद्यपि समय बित्दै
गएपछि उनी विवाहका निम्ति आफू तयार
भएको बताउन थालेका थिए ।

8000 महिलाले आफ्नो नाममा घरजग्गा बनाए

८ हजार महिलाले
आफ्नो नाममा घरजग्गा वनाए

निमुसंगम घर्ती
१० जेठ, दाङ । दाङमा वितेको १०
महिनाको अवधिमा झण्डै ८ हजार महिलाले
घरजग्गा आफ्नो नाममा गराएका छन् । सरकारले
महिलाको नाममा घरजग्गा पास गराउन पाउने अधिकार र
क्षेत्रगतरुपमा छुट
गरेपछि बर्षेनी आफ्नो नाममा सम्पत्ति गराउने
महिलाहरुको संख्यामा बृद्धि भएको हो ।
चालु आर्थिक बर्षको बैशाखसम्म ७ हजार ९ सय १३
जना महिलाले आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
सरकारले महिलाको नाममा भएको सम्पत्तिको कर
बुझाउँदा शहरी क्षेत्रमा २५ र ग्रामिण क्षेत्रमा ३०
प्रतिशत कर छुट दिने प्राबधान बनाएपछि पनि उनिहरु
त्यसतर्फ आकर्षित भएको मालपोत कार्यालय
दाङका प्रमुख टिकाराम घिमिरेले बताए । जस अन्तरगत
ग्रामिण क्षेत्रका ४ हजार ४ सय ४२ र सहरी क्षेत्रका ३
हजार ४ सय ७१ जना महिलाले
आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
चालु आर्थिक बर्षमा महिला भएकै कारण करमा १ करोड
८८ लाख ७० हजार २७ रुपैयाँ राजस्व छुट पाएका छन् । जस
मध्य ग्रामिण क्षेत्रबाट ५७ लाख ९३ हजार ७ सय २२
रुपैयाँ महिलाहरुले छुट पाए भने शहरी क्षेत्रमा एक करोड ३०
लाख ७६ हजार तीन सय ५ रुपैयाँ छुट पाएका घिमिरेले
बताए । गत बर्ष ९ हजार ३९
जना महिलाको आफ्नो नाममा घरजग्गा पास गरेका थिए
। जस्मा महिलाहरुले घरजग्गा करमा एक करोड ७८ लाख ५०
हजार ५५ रुपैयाँ राजस्व छुट पाएका थिए ।

दाईजो नल्याएको भन्दै हत्या

दाइजो नल्याएको र
छोरा नजन्माएको भन्दै
श्रीमतीको हत्या

अनिल श्रेष्ठ
विराटनगर, जेठ १० – मोरङको हरैचा–३ की विवाहित युवतिलाई
आफ्नै श्रीमानले चरम यातना र
कुटपिटपछि हत्या गरेको माईतीपक्षले आरोप लगाएका छन् ।
मोरङको इटहरा ५ बाट २०६६ सालमा हरैचा ३ का केवल भनेर
चिनिने पूर्णबहादुर श्रेष्ठसँग विवाह गरेकी २५ वर्षीय
रीता श्रेष्ठको ३ जेठमा मृत्यु भएको थियो ।
माइती पक्षले कुनै रोग र विराम
नभएकी रीताको एक्कासी गएको शनिबार बिहान मृत्यु
भएपछि ज्वाईंविरुद्ध जाहेरीसमेत दर्ता गरेका छन् ।
मृतककी आमा रत्नमायाँको अनुसार छोरीको विवाह भएको तीन
वर्ष यतादेखि दाईजो नल्याएको भन्दै ज्वाई पूर्णबहादुरले कुटपिट
गर्दै आएको बताइन् ।
विवाह गरेको दुई वर्षपछि पहिलो र अर्को वर्ष
दोश्रो छोरी जन्माएको भन्दै ज्वाईं पूर्णबहादुरले रीतालाई
बारम्बार मानसिक यताना दिने गरको माइती पक्षको भनाई छ ।
छोरा जन्माउन नसकेको भन्दै छोरीलाई कुटपिट गरिरहने भएकोले
उनले नै रीताको हत्या गरेको उनीहरु बताउँछन् ।
छोरी विरामी भएको भनिएपनि मृत्यु भएपछि मात्र आपूmहरुलाई
ज्वाईं पूर्णबहादुरले खबर गर्नुपर्ने घटना शंकास्पद
रहेको उनीहरुको भनाई छ । छोरीको मृत्यु भएको खबर ज्वाईंले
नसुनाएर छिमेकीहरुले सुनाएको आमा रत्नमायाँले बताइन् ।
‘छोरी मरेको खबरसमेत नसुनाउने ज्वार्इंले नै कुटपिट गरेरै
रीमाको हत्या गरेका हुन् । उनलाई कारवाही गर्नुपर्छ’ रुँदै
रत्नमायाँले जानकार दिइन् ।
मृतक रीताको शरीरको विभिन्न भाग र हत्केलामा निलडाम
रहेकोले उनको हत्या भएको माईती पक्षको दाबी छ । तीन
वर्षीया १४ महिनाका दुई छोरी रहेकोमा रीताको पुनः गर्भ
रहेपछि पूर्णबहादुरले दबाब दिएर बैशाख ११ मा उनीहरुले
इटहरीस्थित मेरी स्टोभ क्लिनिकमा गर्भपतन गराएको खुलेको छ
। पूर्णबहादुर अर्कै
केटीको मायाजालामा परेपछि रीतामाथि बारम्बार यातना दिँदै
हत्या गरेको आरोप छ ।
घरमा सामान्य झैझगडा हुने गरेपनि आपूmले
श्रीमतीको हत्या नगरेको आरोपित पूर्णबहादुरको भनाई छ ।
रिताको बेलाबेलामा पेट दुख्ने गरेकोले
उनी बिरामी हुँदा ससुरालीमा खबर नगरेको बताउँदै उनले
उपचारको क्रममै मृत्यु भएको बताए । मृतक रीमाको पोष्टमार्टम
रिपोर्ट भने आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एपी विश्वराज पोखरेले
पोष्माटर्मको रिपोट आएपछि आरोपित पूर्णबहादुरलाई
नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने बताए । अहिले
श्रीमतीको काजक्रियामा बसेको हुनाले १३ दिन पुगेपछि उनलाई
नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।
रिताका पति पुर्णबहादुरले पत्नीसँग समान्य घरझगडा हुनेगरेको तर,
कुटपिट गरेर हत्या नगरेको बताउँछन् । हामीले दुई पटक गर्भपतन
गराएको हो’ पति पूर्णबहादुरले भने । तर
रिताको स्वास्थ्यमा असर गर्नेभएकोले दुबै
जनाको सहमतिमा गर्भपतन गराएको पूर्णबहादुरको भनाई छ ।
घटनाबारे जानकारी नआएकोले वास्तविकता पत्ता नलागेको तर
अब जानकारी आइसकेकोले अनुसन्धान गर्न ईप्रका बेलबारीलाई
अह्राएको मोरङका एसपी विश्बराज पोखरेलले बताए ।

Neupane in Narayanpur Nagar

नारायणपुर नगर विकास समिति अध्यक्षमा न्यौपान

ेनारायणपुर, ९ जेठनारायणपुर नगर विकास समितिको अध्यक्षमा प्रकाशकुमार न्यौपाने मनोनित भएका छन् । नेपाल सरकार मन्त्रीस्तरको बैठकले नारायणपुर नगर विकास समितिको अध्यक्षमा न्यौपानेलाई मनोनित गरेको हो । नगरविकासस ऐन २०४५ को दफा ४ उपदफा ४, २ खण्ड ४, २, १ र ४, २, ४ बमोजीम बढीमा दुई बर्षकालागि न्यौपानेलाई बैठकको निर्णयबाट अध्यक्षमा चयन गरिएको हो । लामो समयदेखी कामबिहीन अवश्थामा रहेको नगरविकास समितिमा हालससम्म स्थापना कालदेखी कुनैपनि काम हुन सकेको छैन । स्थापनाको समयमा कार्यालय रहेकोमा अहिले कार्यालयको अफिस नै छैन भने दुई समितिले कुनैपनि काम गर्न सकेका छैनन् । लामो ससमयदेखी नारायणपुर उद्योग वाणीज्य ससंघ लगायत विभीन्न संघसंस्थामा आवद्ध भएर लामो अनुभव भएका न्यौपाने अध्यक्ष भएपछि अब भने नारायणपुरको व्यवस्थापनको लागि महत्वपूर्ण कार्य हुने नारायणपुरबासीहरुमा आशा पलाएको छ भने नवनियुक्त अध्यक्ष न्यौपानेले नगरविकासबाट हुनुपर्ने सम्पूर्ण काममा आफू लागिपर्ने भन्दै नगरविकासको काममा सबैको सहयोग पाउने अपेक्षा गर्दै सहयोगकालागि पनि आग्रह गरेका छन्।उवासंघद्धारा बधाईनारायणपुर उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष प्रकासकुमार न्यौपाने नारायणपुर नगर विकास समितिको अध्यक्षमा मनोनित भएकोमा नारायणपुर उद्योग वाणीज्य संघले बधाई ज्ञापन गरेकोछ । संघका अध्यक्ष चीत्रबहादुर डाँगी (निर्मल) र महासचीव महेन्द्र दाहालले एक विज्ञप्ती निकालेर नवनियुक्त अध्यक्ष न्यौपानेलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् । साथै नगरविकासको कार्यमा उद्योग वाणीज्य संघबाट हुने सहयोग गर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

Tarigaun Airport Dang

टरीगाउ एयरपोर्ट संचालनका लागी दवाब अभियान
तुलसीपुर ९ जेठ ।
नेपाल पत्रकार महाँसघ दाङले जिल्लामा रहेको एक मात्र
टरिगाउ बिमान स्थललाई सुचारु गर्नका लागी दवाव दिने
भएको छ ।
महाँसघ दाङको आज टरिगाउ बिमान स्थलमा सम्पन्न
भएको पहिलो घुम्ति वैठकले
जिल्लाको बिकासको कडिको रुपमा रहेको एकमात्र बिमान
स्थलको कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको हुदाँ अव बिमान
अवतरणका लागि दवाव दिने निर्णय गरेको हो ।
बिमान अवतरणका लागि दवाव दिनका लागि गरिएको बैठकले
बिमान स्थलको स्तर बृद्धि गर्दै मध्यम खालका बिमान समेत
अवतरण गर्नका लागि थप चौडा गर्न तथा ईन्धन
डिपो स्थापनाका लागि समेत दवाव दिने निर्णय गरेको हो ।
त्यसैगरि बैठकले पश्चिम
दाङको बिकासका लागि सरोकारवालाहरु संग समन्वय गर्दै
अगाडि बढने समेत निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप
गौतमको अध्यक्षतामा वसेको बैठकमा तुलसीपुर उद्योग
बाणिज्य सघका उपाध्यक्ष बिरु रावत , महासचिव बिमल
रिजाल , सचिव ललित जंग शाह लगाएतले बिमान स्थल
कालो पत्रेका लागि ठुलो पहल गरेको भन्दै अव बिमान अवतरण
र ईन्धन डिपो स्थापनाका लागि पनी पहल गर्ने बताउनु भयो ।
साथै उहाँहरुले
जिल्लावासिको चासोको रुपमा रहेको एअरपोर्टमा बिमान
अवतरणका लागी दवाव दिन महासघले सम्वन्धीत ठाउमै वैठक
वसेर दवाव श्रृजना गरेको प्रति धन्यबाद दिनु भएको थियो ।
त्यस्तै वैठकमा नेपाल वायु सेवा निगमका प्रतिनिधि तेजेन्द्र
वलिले वायु सेवा निगमले चाईना बाट थप ५ वटा बिमान ल्याउन
लागेको हुदा ति विमान आए तत्काल उडान सुचारु हुने बताउनु
भयो । वलिले त्यसका लागी ईन्धन डिपो भए डाईरेक्ट उडान हुने
अन्यथा ट्रान्जिट गर्नु पर्ने बताउनु भयो ।
पत्रकार महासंघका सदस्य बिमल गौतम , बैठकमा रिपोर्टर्स
क्लबका अध्यक्ष शरद रेग्मी , प्रेस चौतारि दाङका सचिव संगित
वस्याल , रासस राप्ति अंचल प्रमुख नारायणि रजौरे , पत्रकार
खेमराज रिजाल , निमार्ण ब्यवसायि द्रोण देवकोटा ,नागरिक
उड्यन प्राधिकरणका प्रतिनिधि केदार चौधरि लगाएतले बोल्नु
भएको थियो ।
वैठकको सहजिकरण सचिव गजेन्द्र बोहराले गर्नु
भएको थियो भने उपाध्यक्ष लक्ष्मी आचार्यले धन्यबाद
मन्तब्य ब्यक्त गर्नुृ भएको थियो ।

बधाई राजेश हमाललाई

बधाई एवम शुभकामना
1 Like for Rajesh Hamal's marriage
होटल अन्नपूर्णमा राजेश
हमालको विह

काठमाडौ, जेष्ठ १० - अन्तत राजेश हमालले विहे
गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान
सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल
अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर
उनीहरुको विवाह भएको हो ।
भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट
औपचारिक सम्बन्धमा परिणत भएको हो ।
बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल
शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक
गरेका थिए । हमालको विवाह
स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् । सीमित
आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक
नपर्ने बताउने महानायक हमाल
विवाहका बारेमा आममानिसभन्दा विपरीत
धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न
नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे ।
यद्यपि समय बित्दै
गएपछि उनी विवाहका निम्ति आफू तयार
भएको बताउन थालेका थिए ।

राप्ती रंगशाला

"राप्ती रंगशाला "
दाङ्गमा रंगशाला बनाउनु कत्तिको आवश्यक छ?
1)अतिआवश्यक
2)भएको धेरै राम्रो
3)नभए नि हुन्छ
दाङ्गको बेल्झुण्डिमा रंगशाला बनाउन पहल हुदैछ।।
हाम्रो दाङ्गको बेलझुंडीमा जिल्ला खेलकुदको भवन
मात्र बसेको छ । तर अहिले सम्म
त्यहाँ रंगशाला स्थापना गर्ने कुनै पहल भएको छैन।
हामी राप्तीबासीहरु सानातीना खेलकूद खेल्न
पनि अन्य अञ्चल धाउनुपर्ने बाध्यता रहीआएको छ।
अब कति दिन सम्म हामी यसरी बस्ने।
दाङ्गको बेल्झुण्डि सबैको लागी मध्य भाग
रहेकाले
यहाँ रंगशाला स्थापना गर्दा सिंगो राप्ती बासीलाई
उपयुत्त हुनेछ।
अहिले राप्तीमा थुप्रै खेलाडी र खेलकुद
प्रेमी बढ्दै गएकाले रंगशालाको निर्माण
अति आवश्यक छ।
दाङ्ग तुलसीपुरका Man Bahadur Thapa (हाल UK)
लगायत अन्य राप्तीप्रेमीले यस कार्यका लागी सधै
आवाज उठाउदै हुनुहुन्छ र आर्थिक सहयोग गर्ने र
संकलन गर्ने हुनु भएको छ।
अब बेल्झुण्डिमा सांस्कृतिक एबम
महोत्सव्को आयोजना गरेर यहाँ रंगशाला बनाउनु
पर्छ।
Contact ::
MAN BAHADUR THAPA(UK):+447877863565
MOHAN SWEEKAR(TULSIPUR):9847823928
BIRUBHAI BHAJRACHARYA(GHORAHI):9851085021
SASHI SHARMA MAJGAIYA(KATHMANDU):9851013183
BIKASH GHALE GURUNG(KATHMANDU):9841371481
ANISH BASNET(MAJGAI):9847806018