Saturday, July 20, 2013
World's Smallest Person
दाङका चन्द्र वहादुर डाँगीले एकै पटक दुई वटा विश्व किर्तिमान कायम गरी गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो सहित देश कै नाम लेखाउन सफल भएका छन् ।
विश्व कै सवै भन्दा होचा व्यक्ति फिलिपिनी नागरिक जुन्रे वालाविङको किर्तिमान तोड्दै नेपालका चन्द्र वहादुर डाँगीले एकै पटक विश्वको दुईवटा किर्तिमान कायम गर्न सफल भएका छन ।
भ्रमण गर्ने रुची भएका चन्द्र वहादुरलाई गिनिज बुकले विश्व भ्रमण गराउने प्रतिवध्ता व्यक्त गरेको छ ।
गिनिज बुक अफ वर्ड रेकर्डका ईडिटर ईन चिफ क्रेग ग्लेन्डीको नेतृत्वमा आएको टोलीले २४ घण्टा लगाएर उनलाई विश्व कै सवै भन्दा होचा व्यक्तिको उपाधि प्रदान गरेका हुन ।
त्यस संगै उनले अहिले सम्म कै जिवित होचो व्यक्तिको किर्तिमान समेत हात पारेका छन् ।
यस अघि भारतका गुल मोहम्दले यो उपाधि कब्जा गरेका थिए र उनको उचाई ५७ सेन्टीमिटर थियो । हाल नेपालका चन्द्र वहादु डाँगीको उचाई ५४ दशमलब ६ सेन्टीमिटर मात्र मापन गरिएकोले भारतको कब्जामा रहेको जिवित होचो व्यक्तिको उपाधि समेत अब नेपालका चन्द्र वहादुरको नाममा दर्ता भएको छ ।
गिनिज बुक अफ वोर्ड रेकर्डले आयोजना गरेको कार्यक्रममा चन््र वहादुरले देश को नाम फेरी एक पटक गिनिज बुकमा लेखाउन पाएकोमा आफूलाई गर्व साथै खुशी लागेको वताएका छन् । साथै उनले आफ्नो रुचीमा घुम्न मनपर्ने उल्लेख गरेकाले डाँगीले चाहेमा विश्वका विभिन्न भागको भ्रमणको लागि गिनिज बुकले व्यवस्था मिलाई दिने टोली प्रमुख ग्लेन्डीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस अघि विश्व कै होचो व्यक्तिको रुपमा आफ्नो नाम दर्ता गराउन सफल खगेन्द्र थापा मगरको किर्तिमान धेरै समय टिक्न नपाएपनि फेरी एक पटक यो उपाधि नेपाल कै पोल्टामा आएकोले सवै दाङ वासी सहित नेपालीहरुे खुशी व्यक्ति गरेका छन् ।
किर्तिमानी ७२ वर्षिय चन्द्र वहादुर डाँगी दाङ स्थीत पुरन्धारा गाबिस ९ रिमखोलीमा बस्दै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment