Thursday, July 3, 2014

Artist Of the Week

ARTIST OF THE WEEK 1

"Bikram Thapa Singer"
https://www.facebook.com/bikramthapasinger

tarkarilai lauka leu;; aatma jalai jalai:::love pareko dherai
vayo
दाङ जिल्लाकै रमणिय ठाऊँ धर्ना गाबिस स्थित एक सामान्य
परिवारमा जन्मिएका नब लोक गायक बिक्रम थापा सानै देखि लगनशिल,परिश्रमि र
कर्मनिष्ट स्वभाबका ब्यक्ति हुन्।अध्ययनमा राम्रो दखल
भएका थापा गितसंगित लाई बालापन देखि नै अंगालेको पाईन्छ।गोठालो जाँदा र
रोधिमा बस्दाको स्वरलाई कडा मेहनत र निकै चुनौतिका बाब्जुत ट्रयाकमा ढालेर
पछिल्लो समयमा सबै माझ आफ्ना रचनाहरुलाई पस्कदै आईरहेका छन्।
BEst of Luck for Bikram Thapa's career in Music Industry.

"गितसंगित र स्रष्टास्रजक लाई जगेर्ना गर्न गित सुनेर होईन एल्बम किन्ऩे
बानी बसालौं ।"
From Tuesday we Dangalisathi Team are going to announce
ARTIST OF THE WEEK on every Tuesday.
We are selecting Singer,Musician,Anchor,Compose
r,Dancer,etc from Rapti Zones.

Copyright Dangali Sathi

Thursday, June 5, 2014

१४ औ खुला दिशामुक्त जिल्ला दाङ्ग

सम्पुरण दाङ्गवासीलाई झाकी सहित
उपस्तिथको लागी हार्दिक आमन्त्रण गरिन्छ।

Majgai ma rakhiyako swagat gate.

दाङ्ग जिल्ला १४ औं खुला दिशामुक्त जिल्ला घोषणा
जिल्ला खानेपानी तथा सरसफाई समिति दाङ्ग

Saturday, May 24, 2014

Rajesh Hamal's wedding ceremony

आज राजेश हमालको बिहे भएको छ

काठमाडौ, जेष्ठ १० - अन्तत राजेश हमालले विहे
गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान
सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल
अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर
उनीहरुको विवाह भएको हो ।
भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट
औपचारिक सम्बन्धमा परिणत भएको हो ।
बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल
शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक
गरेका थिए । हमालको विवाह
स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् ।
सीमित
आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह
नगर्दा केही फरक
नपर्ने बताउने महानायक हमाल
विवाहका बारेमा आममानिसभन्दा विपरीत
धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय
गर्न
नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत
गर्थे ।
यद्यपि समय बित्दै
गएपछि उनी विवाहका निम्ति आफू तयार
भएको बताउन थालेका थिए ।

8000 महिलाले आफ्नो नाममा घरजग्गा बनाए

८ हजार महिलाले
आफ्नो नाममा घरजग्गा वनाए

निमुसंगम घर्ती
१० जेठ, दाङ । दाङमा वितेको १०
महिनाको अवधिमा झण्डै ८ हजार महिलाले
घरजग्गा आफ्नो नाममा गराएका छन् । सरकारले
महिलाको नाममा घरजग्गा पास गराउन पाउने अधिकार र
क्षेत्रगतरुपमा छुट
गरेपछि बर्षेनी आफ्नो नाममा सम्पत्ति गराउने
महिलाहरुको संख्यामा बृद्धि भएको हो ।
चालु आर्थिक बर्षको बैशाखसम्म ७ हजार ९ सय १३
जना महिलाले आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
सरकारले महिलाको नाममा भएको सम्पत्तिको कर
बुझाउँदा शहरी क्षेत्रमा २५ र ग्रामिण क्षेत्रमा ३०
प्रतिशत कर छुट दिने प्राबधान बनाएपछि पनि उनिहरु
त्यसतर्फ आकर्षित भएको मालपोत कार्यालय
दाङका प्रमुख टिकाराम घिमिरेले बताए । जस अन्तरगत
ग्रामिण क्षेत्रका ४ हजार ४ सय ४२ र सहरी क्षेत्रका ३
हजार ४ सय ७१ जना महिलाले
आफ्नो नाममा घरजग्गा पास गरेका छन् ।
चालु आर्थिक बर्षमा महिला भएकै कारण करमा १ करोड
८८ लाख ७० हजार २७ रुपैयाँ राजस्व छुट पाएका छन् । जस
मध्य ग्रामिण क्षेत्रबाट ५७ लाख ९३ हजार ७ सय २२
रुपैयाँ महिलाहरुले छुट पाए भने शहरी क्षेत्रमा एक करोड ३०
लाख ७६ हजार तीन सय ५ रुपैयाँ छुट पाएका घिमिरेले
बताए । गत बर्ष ९ हजार ३९
जना महिलाको आफ्नो नाममा घरजग्गा पास गरेका थिए
। जस्मा महिलाहरुले घरजग्गा करमा एक करोड ७८ लाख ५०
हजार ५५ रुपैयाँ राजस्व छुट पाएका थिए ।

दाईजो नल्याएको भन्दै हत्या

दाइजो नल्याएको र
छोरा नजन्माएको भन्दै
श्रीमतीको हत्या

अनिल श्रेष्ठ
विराटनगर, जेठ १० – मोरङको हरैचा–३ की विवाहित युवतिलाई
आफ्नै श्रीमानले चरम यातना र
कुटपिटपछि हत्या गरेको माईतीपक्षले आरोप लगाएका छन् ।
मोरङको इटहरा ५ बाट २०६६ सालमा हरैचा ३ का केवल भनेर
चिनिने पूर्णबहादुर श्रेष्ठसँग विवाह गरेकी २५ वर्षीय
रीता श्रेष्ठको ३ जेठमा मृत्यु भएको थियो ।
माइती पक्षले कुनै रोग र विराम
नभएकी रीताको एक्कासी गएको शनिबार बिहान मृत्यु
भएपछि ज्वाईंविरुद्ध जाहेरीसमेत दर्ता गरेका छन् ।
मृतककी आमा रत्नमायाँको अनुसार छोरीको विवाह भएको तीन
वर्ष यतादेखि दाईजो नल्याएको भन्दै ज्वाई पूर्णबहादुरले कुटपिट
गर्दै आएको बताइन् ।
विवाह गरेको दुई वर्षपछि पहिलो र अर्को वर्ष
दोश्रो छोरी जन्माएको भन्दै ज्वाईं पूर्णबहादुरले रीतालाई
बारम्बार मानसिक यताना दिने गरको माइती पक्षको भनाई छ ।
छोरा जन्माउन नसकेको भन्दै छोरीलाई कुटपिट गरिरहने भएकोले
उनले नै रीताको हत्या गरेको उनीहरु बताउँछन् ।
छोरी विरामी भएको भनिएपनि मृत्यु भएपछि मात्र आपूmहरुलाई
ज्वाईं पूर्णबहादुरले खबर गर्नुपर्ने घटना शंकास्पद
रहेको उनीहरुको भनाई छ । छोरीको मृत्यु भएको खबर ज्वाईंले
नसुनाएर छिमेकीहरुले सुनाएको आमा रत्नमायाँले बताइन् ।
‘छोरी मरेको खबरसमेत नसुनाउने ज्वार्इंले नै कुटपिट गरेरै
रीमाको हत्या गरेका हुन् । उनलाई कारवाही गर्नुपर्छ’ रुँदै
रत्नमायाँले जानकार दिइन् ।
मृतक रीताको शरीरको विभिन्न भाग र हत्केलामा निलडाम
रहेकोले उनको हत्या भएको माईती पक्षको दाबी छ । तीन
वर्षीया १४ महिनाका दुई छोरी रहेकोमा रीताको पुनः गर्भ
रहेपछि पूर्णबहादुरले दबाब दिएर बैशाख ११ मा उनीहरुले
इटहरीस्थित मेरी स्टोभ क्लिनिकमा गर्भपतन गराएको खुलेको छ
। पूर्णबहादुर अर्कै
केटीको मायाजालामा परेपछि रीतामाथि बारम्बार यातना दिँदै
हत्या गरेको आरोप छ ।
घरमा सामान्य झैझगडा हुने गरेपनि आपूmले
श्रीमतीको हत्या नगरेको आरोपित पूर्णबहादुरको भनाई छ ।
रिताको बेलाबेलामा पेट दुख्ने गरेकोले
उनी बिरामी हुँदा ससुरालीमा खबर नगरेको बताउँदै उनले
उपचारको क्रममै मृत्यु भएको बताए । मृतक रीमाको पोष्टमार्टम
रिपोर्ट भने आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एपी विश्वराज पोखरेले
पोष्माटर्मको रिपोट आएपछि आरोपित पूर्णबहादुरलाई
नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने बताए । अहिले
श्रीमतीको काजक्रियामा बसेको हुनाले १३ दिन पुगेपछि उनलाई
नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।
रिताका पति पुर्णबहादुरले पत्नीसँग समान्य घरझगडा हुनेगरेको तर,
कुटपिट गरेर हत्या नगरेको बताउँछन् । हामीले दुई पटक गर्भपतन
गराएको हो’ पति पूर्णबहादुरले भने । तर
रिताको स्वास्थ्यमा असर गर्नेभएकोले दुबै
जनाको सहमतिमा गर्भपतन गराएको पूर्णबहादुरको भनाई छ ।
घटनाबारे जानकारी नआएकोले वास्तविकता पत्ता नलागेको तर
अब जानकारी आइसकेकोले अनुसन्धान गर्न ईप्रका बेलबारीलाई
अह्राएको मोरङका एसपी विश्बराज पोखरेलले बताए ।